डिलाशैनि गाँउपालिका केन्द्र बिवाद, आज गोकुलेश्वरमा बिरोध प्रर्दशन

बैतडी । बैतडीको डिलाशैनि गाँउपालिकामा केन्द्रको बिवाद कायमै रहेका बेला आज गोकुलेस्वरमा बिरोध प्रर्दशन गरिएको छ ।
गाँउपालिकाको केन्द्र बिगतमा सम्पर्क कार्यालय तोकिएको वडा न.३ को पङ्सेरामै बनाउने चलखेल भएको भन्दै गाँउपालिकाको नेतृत्व बिरुद्ध प्रर्दशन गरिएको हो ।
गाँउपालिकाको पहिलो बैठकले डिलाशैनि ७ धामीगाँउमा केन्द्र तोकेको तर पछिल्लो समय अन्यत्र सार्न चलखेल सुरु भएको भन्दै बिरोध भईरहेको डिलाशैनि संघर्ष समितिका संयोजक जयराज जोसीले बताउनुभयो ।
उनिहरुले गाँउपालिकाका ४ वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । वडा न. ४, ५, ६ र ७ मा तालाबन्दी गरिएको अनेरास्वबियुका नेता गोबिन्द गीरीले बताउनुभयो ।
यसअघि गाँउसभाको बैठकले भने, बिज्ञ टोलीको सल्लाह अनुसार वडा न. ३ मै केन्द्र तोकिसकेको गाँउपालिका अध्यक्ष उकेन्द्र बोहराले बताउनुभएको थियो ।

तर त्यसपछि नेकपाका नेताहरुले पार्टीको प्रदेश कमिटीले निर्णय गर्ने बताएका थिए । अहिले पार्टीको प्रदेश कमिटीले कुनै निश्कर्ष नदिएकै बेला गाँउपालिकाले भोली गाँउसभाको निर्वाचन गर्ने तयारी गरेको डिलाशैनि ७ का बिरेन्द्र धामीले बताउनुभयो ।
भोली चुनाव हुने दिन तोकिएकोमा चुनाव हुनु पाँच दिन अघिदेखि केही वडाअध्यक्ष र वडा सदस्यहरुलाई गाँउपालिका अध्यक्षले आफ्नो कब्जामा राखेको उहाँको आरोप छ ।
बिरोधकर्ताहरुले अहिले गोकुलेश्वरमा यातायात ठप्प गरेकाछन् भने, व्यापारीहरु समेत बिरोधमा उत्रेकाले पसलहरु आशिंक रुपले खुलेका छन् ।









प्रतिक्रिया राख्नुहोस्