तपाईँ सुन्दै हुनुहुन्छः

सार्क राष्ट्रबीच कोरोना रोकथामबारे भिडियो संवाद शुरु (लाईभ् )

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न  भिडियो कन्फरेन्समार्फत् छलफल शुरु गरेका छन् ।

कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट भएको छ ।  नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुनु भएको छ ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।

सार्क राष्ट्रबीच कोरोना रोकथामबारे भिडियो संवाद शुरु(लाईभ् ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button