तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनी प्रधानमन्त्री पत्नी बेगोना कोरोना संक्रमित

एजेन्सी। स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको सं’क्रमण भएको पुष्टी भएको स्पेनी प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

स्पेनमा हालसम्म कोरोना भाइरसको सं’क्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले संक्रमणलाई ध्यानमा राख्दै देशमा आंशिक ‘लकडाउन’ सुरु गरेको छ ।उसको यो निर्णय प्रमपत्नीमा कोरोनाभाइरसको सं’क्रमण पुष्टि भएको केही समयपछि आएको हो ।स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यसैगरी सरकारले आफ्ना नागरिकहरूलाई खाना, औषधि, काममा जान वा अस्पताल र आपतकालिन कामको अवस्थामा बाहेक घरै बस्न भनेको छ ।उसले खाना लगायतका वस्तुको विक्री गर्ने बाहेकका बार, रेष्टुरेन्ट तथा पसलहरू बन्द गर्न निर्देशन दिएको छ । यसका अलावा सिनेमा हल, स्विमिङ पुल, थिएटर तथा फुटबल रंगशाला जस्ता मनोरञ्जन स्थलहरू बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button