जमुनाह हेल्थ डेस्कमा एम्बुलेन्स
नेपालगन्ज-बाँकेको नेपाल—भारत मुख्य सीमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र सङख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ । यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा त्यस्तो भएको पाएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले दुई जना स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको सो डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण राख्न निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी खड्काले शंकास्पद व्यक्ति पाइएमा भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था समेत गरेको जानकारी दिनुभयो । यसैबीच, कोरोना भाइरसको कारण हुनसक्ने असहजता तथा सीमा क्षेत्रको समस्याका बारेमा छलफल गर्न बर्दियाको ठाकुरद्वारामा नेपाल भारत संयुक्त बैठक बस्ने भएको छ ।
बैठकमा नेपालको बाँके, बर्दिया र दाङ्गका प्रमुख जिल्ला अधिकारी तथा भारतको बहराईच, श्रावस्ती लगायतका जिल्लाका अधिकारीहरुको सहभागिता रहने प्रजिअ खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्