तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

भोजपुर । भोजपुरको दक्षिण आमचोक गाउँपालिका वडा नम्वर ९ को माजखानीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

भित्रिसडक हुँदै दुम्मानाबाट रानीटारबाट तर्फ जाँदै गरेको ना ३ त ८७५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडाको बोक्सेटार घर भएका सहचालक १८ वर्षीय तेजबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डव राजवंशी जानकारी दिनुभयो ।

शुक्रबार राती घटना भए लगतै चालक फरार रहेको प्रहरीले जनाएको छ । मृतकको शव र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button