तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुका ४३ हजार वालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

मकवानपुर-मकवानपुर आजबाट सुरु हुने दादुरा रुवेला खोप अभियान अन्र्तगत ४३ हजार बालबालिकालाई खोप लागाइने जनाईएको छ । दुईचरणमा सञ्चालन हुने कार्यक्रममा ९ देखि २४ महिनाका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।

जिल्लाका १० पालिकामा गरि दुई चरणमा सञ्चालन हुने अभियान अन्र्तगत एक हजार १ सय ७८ जना खोप कार्यकर्ता मार्फत ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने प्रमुख उपाध्यायले जानकारी दिनुभयो । सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान आजबाट पहिलो चरणको कार्यक्रम सञ्चालन हुन लागेको हो ।

२०२० मा दादुरा खोप अभियान अन्तर्गत पहिलो चरणमा जिल्लाको बकैया गाउँपालिकामा चैत्र आजदेखि चैत्र २३ गते सम्म, राक्सिराङ गाउँपालिकामा चैत्र ६ गते सम्म, कैलाश गाउँपालिकामा चैत्र ११ गते सम्म, बागमती गाउँपालिकामा चैत्र ९ गते सम्म र मनहरी गाउँपालिकामा आगामी ८ गते सम्म कार्यक्रम संचालन हुने उपाध्यायले जानकारी दिनुभयो ।

अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गते सम्म सञ्चालन हुने उपाध्यायले बताउनुभयो ।

जिल्लामा ३६ प्रतिशत बालवालिकाहरु पुर्ण खोप सेवाबाट बञ्चित रहेको पाईएको समेत उहाँले जानकारी दिनुभयो । विश्वमा दादुरा–रुवेलाको अवस्था र नेपालमा विगत दुई वर्ष अघि र अहिलेको अवस्थाबारे जानकारी दिँदै उपाध्यायले जिल्लाका ७४ प्रतिशत बालवालिकाहरुले मात्र पुर्ण खोप प्राप्त गरेको पाईएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button