तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिको लागि नेताहरुमा परिर्वतन आवश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थाई कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले विकास र समृद्धिको लागि नेकपाका नेता कार्यकर्ताहरुमा परिर्वतन आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको बागमति प्रदेश संगठन कमिटी प्रचार तथा प्रकाशन विभागको सपथग्रहण कार्यक्रममा नेकपा स्थाई कमिटी सदस्य शाक्यले पार्टी निकट पत्रकारहरुले नेताहरुको गलत कृयाकलाप लुकाउनु जरुरी नभएको तर आलोचना गर्दा सुझाब सहितको आलोचना हुनुपर्ने बताउनु भयो ।
नेकपा बागमति प्रदेशका सह इन्चार्ज काशिनाथ अधिकारीले कम्युनिष्ट पार्टीलाई अहिलेको अवस्थामा ल्याउन नेताहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुदै पार्टीका सबै नेतालाई मनदेखी सलाम गर्ने बताउनु भयो । हाम्रो पार्टीका नेताहरुको धेरै कमि कमजोरी छन्, जसको सुधार गर्नु आवश्यक छ तर नेकपालाई अहिलेको अवस्थामा ल्याउन जुन भूमिका खेल्नु भएको छ त्यसको लागि मनै देखि सलाम गर्न मन लाग्छ सहइन्चार्ज अधिकारीले भन्नु भयो ।

प्रदेश कमिटी अध्यक्ष नारायण दहालले अहिले नेकपा सरकारमा रहेकोले स्वभाविक रुपमा जनताको धेरै अपेक्षा हुने र त्यो अपेक्षा पुरा हुन नसक्दा जनतामा वितृष्णा जाग्न सक्ने उल्लेख गर्नुहुदै त्यस्तो बेला पार्टी निकट पत्रकारहरुले सत्य तथ्य सुचना जनतासम्म पु¥याउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सचिव आनन्दप्रसाद पोखरेलले प्रदेशको प्रचार विभागले गर्ने काम लगायतको विषयमा जानकारी गराउनु भएको थियो । सो अवसरमा सचिव पोखरेलले पार्टी र पार्टीले नेतृत्व गरेको सरकारको कामको बारेमा आम मानिसलाई जानकारी गराउने मुख्य भुमिका पत्रकारहरुकै हुने भएकोले पार्टी प्रचार विभागका सदस्यहरुले आफु र मातहतका मिडियाहरुमा प्रचार अभियानलाई तिब्रताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

प्रचार तथा प्रकाशन विभागका प्रमुख सागर नेपालको सभापतित्वमा सम्पन्न सपथग्रहण पछिको बैठकले सचिवमा सिन्धुलीका ध्रुब घिमिरेलाई चयन गरेको छ । त्यसैगरी बैठकले बागमति प्रदेश भित्रका जिल्ला प्रचार विभागको प्रमुख तथा सचिवहरुको भेला गर्ने, बैशाखमा बुलेटिन प्रकाशन गर्ने, पार्टी तथा सरकारसंग अन्तरकृया गर्ने लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button