तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा–भरतपुर प्रसारण लाईन निर्माणका लागि ठेकेदार छनोट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्डको प्रसारण लाईन निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तमा बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो ।

सो आयोजना हेटाँैडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको आयोजना हो । प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा कम रकम कबोल गर्ने भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिनुभयो ।

कम्पनीले ५४ लाख ३५ हजार अमेरिकी डलर र ३६ करोड ८८ लाख ११ हजार (करबाहेक)मा ठेक्का पाएको हो । प्रसारण लाइन निर्माणका लागि पाँच कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

प्राधिकरणले ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महिनाभित्रमा प्रसारण लाइनको निर्माण गरिसक्नुपर्ने कार्यादेश दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button