प्रधानमन्त्री ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ अस्पतालबाट डिज्चार्ज गरिने भएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्यलाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिनुभयो । अहिले उहाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
यसअघि मिर्गाैलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ ।
प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।









प्रतिक्रिया राख्नुहोस्