पालिकालाई कृषिमा आत्मनिर्भर बनाईने,

दार्चुला । दार्चुलाको नौगाड गाउँँपालिकाले कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउने भएको छ । पालिकाले सिंगो पालिकालाई नै तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई कृषिऔजार वितरण गरेको छ । पालिकाका वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु, वडा नम्बर ५ को बसर बस्तीलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ ।
‘कृषिवनपशुपालन र सहकारीमा ऐक्यबद्धता,पोषणयुक्त सम्बृद्धि नौगाड निर्माण गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने नारा दिएर यो वर्षबाट कृषिमालगानीगर्न एक करोड बढी रकमखर्च गरिन लागेको छ । यस रकमबाट कृषक समूह तथा व्यक्तिगत रुपमा गरी किसानहरुलाई पोलिहाउँस, जिक ज्याक, प्रोफाइल, थोपा सिचाई, ड्रम, स्पेयर, लगायतका उपकरण खरिद गरी वितरण गर्न लागेका ेगाउँपालिका कृषि शाखा प्रमुख मुकुन्द ठगुन्नाले जानकारी दिनुभयो ।
पहिलो चरणमा गाउँपालिका वडा नम्बर २ दल्लेखका७० घरधुरी, सुण्डुमुण्डुका ८० घरधुरी तथा वडा नम्बर ५ को बसरका २० घरधुरी क्षेत्रलाई प्रमुख तरकारी उत्पादन क्षेत्र मानेको छ । यो क्षेत्रमा कृषकहरुको समूह निर्माण गरेर तरकारी उत्पादन शुरु गरिएको शाखाप्रमुख ठगुन्नाले बताउनुभयो । यो बाहेक गाउँपालिकाले चालू आर्थिक वर्षमा २ सय घरधुरीलाई कृषि सामाग्री सहयोग गर्ने जनाएको छ ।
यस अघि माटो सुहाउँदो बाली उत्पादनको लागियस क्षेत्रको माटो परिक्षण समेत गाउँपालिकाले गराएको छ । माटो परिक्षणको लागि प्राविधिक बोलाएर गाउँपालिकाभरीको माटो परिक्षण गराएपछि गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएको छ ।
नौगाड गाउँपालिकामा कृषि क्षेत्रको विकासको लागि प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाको संघीय निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ, तथानौगाड गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको तर्फबाट ३० लाख रुपैयाँ लगायत अन्य दातृ निकायको बजेट खर्च गरिने पालिकाले जनाएको छ । यहाँँबाट उत्पादन भएको तरकारी सदरमुकाम खलंगा र गोकुलेश्वर बजारमा बिक्रि हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्