हतियार सहित तीन भारतीय पक्राउ

विराटनगर । मोरङको सुुनवर्सी नगरपालिका–८ स्थित हर्चनगढीवाट गएराती हथियार सहित तिनजना भारतिय नागरिक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा अररिया जिल्ला धर्मगन्ज पलासी वस्ने २१ वर्र्षिय अजयकुुमार मण्डल सोही ठाउ वस्ने १८ वर्षिय आनन्दकुमार मण्डल र २१ वर्षिय राकेशकुुमार साह रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
उनीहरुको साथवाट प्रहरीले एकथान कटुुवा पेस्तौल त्यसमा प्रयोग हुुने गोली वरामद गर्नुुका साथै उनिहरुले प्रयोग गरेको मोटर साइकल समेत नियन्त्रणमा लिएको छ ।
राती एक घरमा मदिरा सेवनगरि वसि रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले वताउनुुभयो ।







प्रतिक्रिया राख्नुहोस्