तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनाहुँदा दुई जनाको मृत्यु

कञ्चनपुर ।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराती भएको  मोटरसाइकल दुर्घटनामा परी सोही ठाउँका दिनेश चन्द र सुरज धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्नानन्द भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार विवाहमा जन्ती गएका दुवै जनाले फर्किने क्रममा अत्यधिक मात्रामा मदिरा सेवन गरी तीब्र गतिमा मोटरसाइकल चलाएको बुझिएको छ ।

महेश सिंहको नाममा रहेको म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । घाइते दुवै जना मध्ये दिनेश चन्दको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने सुरज धामीको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button