हेर्नुहोस् यस्तो छ आजको विनिमयदर,डलरले राख्यो नयाँ रेकर्ड

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा नकरात्मक असर पर्दछ । आयतित अर्थतन्त्र भएको मुलुकमा डलरको भाउ बढेलसँगै विदेशी सामानहरू महँगो पर्न जान्छन् । मुलतः इलेक्ट्रोनिक्स सामानहरूको मूल्यमा महँगी बढ्छ । नेपालमा उत्पादित उद्योगका कच्चा पदार्थ समेत बाहिरबाट भित्रने हुँदा नेपालमै उत्पादन हुने वस्तुहरूको समेत मूल्य बढ्छ ।
नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुनेगर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा महँगी बढ्ने देखिएको छ । भारतीय मुद्रा कमजोर हुनुलाई भारतको अर्थतन्त्र कमजोर हुँदै गएको सङ्केतका रूपमा लिन सकिन्छ । विदेशी मुद्राको भाउ बढ्दा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई भने फाइदा पुग्छ । यस्तै पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ । त्यसपछि डलर निरन्तर कमजोर हुँदै गएको थियो। अहिले पुन डलर बलियो हुँदै गएको छ। डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिटेन्स पाउनेलाई मात्र फाइदा भए पनि राज्यले अन्तराष्ट्रियरुपमा भुक्तानी गनुपर्ने ऋणको भार भने बढ्ने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्