तपाईँ सुन्दै हुनुहुन्छः

शोक प्रस्ताव पारित


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माका निधनप्रति शोक प्रस्तव पारित गरेको छ ।
स्वर्गीय शेर्मा २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभामा मनोनित सदस्य र २०६४ सालमा संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट पाँचथर जिल्लाबाट निर्वाचित सांसद हुनुहुन्थयो ।
शेर्माको ७६ वर्षको उमेरमा मृगौला रोगको उपचारको क्रममा बुधबारललितपुरको निदान अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button