तपाईँ सुन्दै हुनुहुन्छः

सुनौलो सहकारीले गर्यो विपन्न महिलालाई सहयोग

बर्दिया । सुनौलो महिला विकास बहुउद्धेश्य सहकारी संस्थाले गुलरिया नगरापालिकाको वडा नम्बर १, ३,४, र ८ का २ सय किशोरी तथा महिलाहरुलाई फ्रिडम किट ब्याग वितरण गरिएको छ ।

विगत २०५८ सालदेखी स्थापना भएको उक्त सहकारीले महिलाहरुको सुरक्षित महिनावारीका लागि किडतथा ब्याग वितरण गरेको हो । सहकारीले यसअघिपनि महिला शसक्तिकरण सम्बन्धि विभिन्न कार्य गर्दै आइरहेको थियो ।

गुलरिया नगरपालिका कार्यक्षेत्र रहेको यस संस्थाले वित्तिय कार्य गर्नुका साथै पिछिडिएका समुदाय, मधेशी, मुश्लिम तथा लोपन्मुख कुशबधिया जातीका महिलाहरुलाई समेत विभिन्न किसिमले सहयोग गर्दै आइरहेको थियो ।

सहकारी संस्थाबाट किड तथा ब्याग वितरणबाट महिलालाई दैनिक रुपमा कार्य गर्न सहयोग पुग्ने विश्वास लिइएको सुनौलो महिला बहुउद्धेश्य सहकारी संस्थाकी अध्यक्ष इन्दिरा सुवेदीले बताउनु भयो ।

‘हाम्रो सहकारीले स्थापना कालदेखि नै महिलाहरुका लागि विभिन्न सिपयुक्त आयमुलक कार्यहरु गर्दै आइरहेको छ, पछिल्लो कार्य तयसैको निरन्तरता हो’ उहाँले भन्नुभयो ।

सहकारीको उक्त कदमबाट विद्यालय उमेरका किशोरीहरुलाई महिनावारीका कारण हुने समस्या समाधानको लागि सहयोग पुगेको स्थानीय किरण गोडियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button