पुलिस क्लब आहा रारा गोलडकप फुटबलको फाइनलमा
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।
साविक विजेता रुस्लान थ्री स्टारलाई ३–० ले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो । पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरे ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । ५१औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । ७२औं मिनेटमा नीर कुमार राईले दोस्रो गोल गर्दै पुलिसलाई सहज जिततर्फ र्डोयाए ।
पुलिसले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्