कोरानाबारे सही सूचना प्रवाह गर्न सचिव सुवेदीको आग्रह
केशव ढुंगाना । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले कोभिड १९ नोवल कोराना भाइरसको बारेमा सही र प्रमाणित सूचना मात्रै प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार आयोजित स्वास्थ्य क्षेत्रका विज्ञ तथा सञ्चारकर्मी बीचको छलफलमा सचिव सुवेदीले गलत सूचनाका कारण आम नागरिकमा त्रास बढेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरस पनि अन्य भाईसरहरू जस्तै भएको र सबै व्यक्तिमा संक्रमणको बराबर सम्भावना रहने भएपनि समाजमा विभिन्न भ्रमहरू फैलिरहेको बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले कोरोना भाइरसका संक्रमितहरू मध्ये अधिकांशमा सामान्य प्रकारको रूघाखोकी जस्तै आफै निको भएर जाने र केही बिरामीलाई मात्रै सघन उपचारको आवश्यक पर्ने जानकारी दिनुहुँदै सम्भावित सबै अवस्थाका लागि आफुहरू तयारी अवस्थामा रहेको बताउनुभयोे ।
महानिर्देशक श्रेष्ठले कोरोना भाईसरको संक्रमण नेपालमा आउन नदिन सरकारले ४१ वटा नाकामा सुरक्षा जाँच गरिरहेको र आवश्यक जानकारी दिन हटलनई सेवा सञ्चालनको तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य विद् डा हेमन्त ओझाले बेसार, लसुन तथा रक्सी सेवान गर्नले संक्रमणबाट बच्न सकिन्छ भन्ने भ्रम हटाउन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्