तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीेको धरान उपमहानगरपालिकामा साथी साथी विच छुरा हानाहान

सुनसरी- सुनसरीेको धरान उपमहानगरपालिका १२ मा मंगलबार होली पर्व शान्तिपुर्ण तरिकाले सम्पन्न भएको धरान प्रहरीले दावी गर्दैगर्दा धरानमा साथी साथी विच छुरा हानाहान भएको छ ।

धरान १२ को पव्लिक हाईस्कुलको मैदानमा साथी साथी विच विवाद हुदा धरान १ सिंहदेवी बस्ने १८ बर्षिय प्रकास तामाङले आफ्नै साथी धरान ४ का १८ बर्षिय अनन्त राई र धरान १५ बस्ने १९ बर्षिय पेम्बा लामालाई छुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

घाईते दवैको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आस्मीक कक्षमा उपचार भईरहेको छ । घाईते मध्ये अनन्त राईको बाया कोखामा छुराले चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रतिष्ठानले जनाएको छ । अर्का घाईते पेम्बा लामाको हातमा छुरा लागेको छ । उनको अवस्था सामान्य रहेको बताईएको छ ।

छुरा प्रहार गर्ने प्रकाश तामाङ फरार भएका थिए । उनलाई प्रहरीले विजयपुर हस्पिटल नजिकै रहेको तेह्रथुमे लजमा लुकेर बसेको अवस्थामा मंगलबार साझ साढे ८ बजे प्रहरीले पक्राउ गरेको डिएसपी न्यौपानेले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button