तपाईँ सुन्दै हुनुहुन्छः

भिसा प्रक्रियामा आजदेखि कडाइ

कोरोना भाइरसको संक्रमणबाट प्रभावित देशका नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन अराइभल भिसा दिन आजदेखि रोक लगाइएको छ ।

नेपाल भमणमा आउने विदेशी नागरिकबाट कोरोना भाइरसको संक्रमण भित्रन नदिन कोरोना भाइरसको संक्रमणबाट धेरै प्रभावित चीन, जापान, दक्षिण कोरीया, इटली, इरान र फ्रान्सका नागरिकलाई दिइदै आएको अन–अराइभल भिसा आजदेखि नदिने निर्णय भएको अध्यागमन विभागले जनाएको छ ।

आगामी शुक्रबारदेखि जर्मनी र स्पेनका नागरिकलाई पनि अन अराइभल भिसा नदिने व्यवस्था लागुहुने विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।
अध्यागमन विभागका महानिर्देशक ईश्वराराज पौडेलले कोरोना संक्रमण भित्रन नदिन थप सजकता, सावधानी, र सर्तकता अपनाइएको बताउनुभयो ।

ती ८ देशका नागरिकले कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र पेश गरेपछी मात्र भिसा दिनका लागि सर्कुलर गरिएको महानिर्देशक पौडेलले स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button