तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि अध्यागमनमा थप कडाइ

सरकारले मुलुकमा कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि आजदेखि अध्यागमनमा थप कडाइ गरेको छ ।

संक्रमण फैलन नदिन सजकता, सावधानी,र सतर्कता अवलम्वन गरिएको अध्यागमन विभागले जनाएको छ ।

रेडियो नेपालसँग कुरा गर्दै अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले चीन, जापान, दक्षिण कोरीया, इटाली, इरान र फ्रान्सका नागरिकलाई आजदेखि र जर्मनी र स्पेनका नागरिकलाई १३ मार्च देखि विमानस्थलमै दिईदै आएको अन अराइभल भिसा नदिने निर्णय भएको बताउनुभयो ।

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने ती ८ देशका नागरिकलाई कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र पेश गरेपछि मात्र भिसा दिनका लागि सर्कुलर गरिएको महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button