दिवा खाजाले बिद्यालयमा बिद्यार्थी ड्रप आउट हुनेको संख्या घट्यो

सल्यान । बिद्यालयमा दिवा खाजाको ब्यवस्था भएपछि बिद्यार्थी बिद्यालयबाट ड्रप हुने सख्ंयामा कमी आएको छ ।
जिल्लाका १० स्थानीय तहमा रहेका सबै प्राथमिक बिद्यालयमा दिवा खाजाको रुपमा बिधार्थीलाई खाजा दिन थालेपछि विद्यार्थी नियमित हुन थालेका हुन् ।
दिवा खाजा सुरु भएपछि बागचौर नगरपालिका ४ सरस्वती माध्यामिक बिद्यालयमा बिद्यार्थीले पुरै समय विद्यालयमा विताउने गरेको छन् ।
पहिले विद्यार्थी भागेर घर समस्या भएपनि अहिले भने दिन भरी नै बिद्यालयमा बिद्यार्थी रहेको शिक्षक दुर्गा बोहराले बताउनुभयो । उहाँका अनुसार बिद्यार्थीले घरबाट नै फरक फरक खाजा लिएर आउने गरेका छन् । खाजा प्रतिदिन १५ रुपैया बिद्यालयले बिद्यार्थी अभिभावकलाई बुझाउदै आएको छ ।
जनकल्याण माध्यमिक विद्यालय थारमारेका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले निजी बिद्यालयवाट सरकारी विद्यालयमा बिद्यार्थी थपिएको बताउनुभयो । उहाँका अनुसार खाजाको ब्यवस्था भएपछि अभिभावकले सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गरेका छन् ।
जिल्लाका कति हजार बालबालिकाले दिवा खाजा खाई रहेका छन् भन्ने डाटा भने अहिलेसम्म आउन सकेको छैन् ।
स्थानीय तहले कति बालबालिकाले दिवाखाजा खावाईरहेका छन् सोको तथ्यांक नपठाएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका प्रमुख लाल बहादुर घर्तीले बताउनुभयो । बालबालिकाको एकिन तथ्यांक पठाउन स्थानीय तहलाई आग्रह गरे पनि अहिलेसम्म नपाएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्