तपाईँ सुन्दै हुनुहुन्छः

१५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सुनसरी । १५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका ६ पानवारीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पानवारी प्रहरी चौकीमा पिडितले दिएको मौखिक उजुरीको आधारमा धरान ६ पानवारी बस्ने अन्दाजी ३५ बर्षिय सन्तोष कार्कीलाई पानवारी प्रहरीले पक्राउ गरेको पानबवारी प्रहरी चौकीका प्रमुख असई भेषबहादुर राउतले बताउनुभयो ।

१५ बर्षीय ती बालिकालाई स्थानीय एक युवकले बाबु आमा नभएको बेला स्कुटी सिकाइ दिने बहानामा जंगलमा लगेर बलात्कार गरेका इलाका प्रहरी कार्यालय धरान ले जानकारी दिएको छ ।

अनुुसन्धान भइरहेको इप्रका का इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिनुभयो । घटना केही दिनअघिको भए पनि पीडित बालिकाको अभिभावक धरान बाहिर गएकाले उनीहरु फर्किएपछि मात्र यो घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button