हेटौंडामा आजबाट निःशुल्क मास्क वितरण सुरु

मकवानपुर । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले आजबाट हेटौंडामा निःशुल्क मास्क वितरण गर्न सुरु गरेको छ ।
कोरोनाको संक्रमण न्यूनिकरणका लागि संघले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा आजबाट निःशुल्क मास्क वितरण शुरु गरेको हो ।
सोमबार आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको बुद्धचोकमा मास्क वितरण कार्य शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा मेयर महतले हेटौंडा नगरपालिकामा काम लिएर आउने सेवाग्राहीलाई भोलि देखि उपमहानगरपासलकाले समेत निःशुल्क मास्क वितरण गर्ने जानकारी दिनुभयो ।
संघका अध्यक्ष तेजराज अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, पोशाक व्यवसायी संघका उपाध्यक्ष नेत्र खतिवडा, महासचिव जावेद हुसेन, कोषाध्यक्ष जंगबहादुर बस्नेत लगायतको सहभागिता थियो ।
बजारमा मास्कको अभाव रहेकोले सामाजिक उत्तरदायित्व अन्तरगत मास्क वितरण गरेको बताउँदै संघका अध्यक्ष अधिकारीले पहिलो दिन दुई हजार मास्क वितरण गरेको जानकारी दिनुभयो ।
हेटौंडाका बजारमा आउने सर्वसाधारण, संघसंस्था लगायतलाई मास्क वितरण गरिने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्