भोजपुरमा बोलेरो दुर्घटना सात घाइते

भोजपुर । भोजपुरको पूर्वी तिवारीभञ्ज्याङमा भएको बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
पौवादुङमा गाउँपालिका वडा नम्वर २ तिवारीभञ्ज्याङस्थित भित्री सडक खण्डमा मानेडाँडाबाट धरान जाँदै गरेको को १ ज ३४९१ नम्वरको बोलेरो घुम्ती मोड्ने क्रममा अचानक पछाडि हटदा सडकबाट करिव २५ मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बोलेरोमा सवार १० जना मध्ये ७ जना घाइते भएका छन् । घाइते तीन जनाको स्थानीय मेडिकल तिवारीभञ्ज्यङमा उपचार भईरहेको भए पनि गम्भीर घाइते देखिएका चालक सहित ४ जनालाई थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डब राजवंशीले जानकारी दिए ।
प्रहरी निरीक्षक राववंशीका अनुसार चालक इलाम नगरपालिका १० का २४ बर्षीय सुवास नेपाली, भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्मा घर भएका २४ बर्षीया सोमिया राई, ३७ बर्षिया देवकी राई, ४१ बर्षिया तारा राई, ६० बर्षिया इन्द्र कुमारी राई, पौवादुङमा ४ बास्तिमका २६ बर्षिया सर्मिला राई र खोटाङका २७ बर्षिय पूर्ण राई घाइते भएका हुन ।








प्रतिक्रिया राख्नुहोस्