तपाईँ सुन्दै हुनुहुन्छः

होलीमा अबिर नदल्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले होली पर्वका अवसरमा विगतमा झै भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ अबिर दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।

विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा आउनसक्ने उच्च जोखिम रहेकाले सर्तक रहन र होलीमा जोखिमपूर्ण कार्य नगर्न आग्रह गरेको हो ।

यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकोले झुठो खबरको पछि नलाग्न आग्रह गर्दै कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

सरकारले आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन पनि अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button