प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको र नियमित सन्तुलित आहार खुवाउन थालेको अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज एक विज्ञप्ती प्रकाशित गरी प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार खुवाउनुका साथै नियमित हिडडुल गराउन थालेको जनाएको हो ।
प्रधानमन्त्री ओलीका भाईटल्स तथा ल्याव सुचकहरू समेत सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकृष्ण खड्का द्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।
प्रधानमन्त्री ओलीले ५ दिन अगाडि मृगौला प्रत्यारोपण गराई अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
यसैगरी, अस्पतालले प्रधानमन्त्री ओलीकी भान्जी एवं मृगौला दाता समीक्षा संग्रौलाको समेत स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको विज्ञप्तीमा जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्