सामाजिक सञ्जालको प्रभावले उद्योग सञ्चालन

सल्यान । सामाजिक सञ्जालको प्रयोगले समाजमा अपराधिक घटना दिन प्रतिदिन घट्दै गईरहेका छन् । सामाजिक सञ्जालको दुरुपयोगले कतिले ज्यान समेत गुमाई सकेका छन् । तर कतिपयले भने सामाजिक सञ्जालको उपयोग गरेर मनग्य आम्दानी पनि गर्दै आइरहेका छन् ।
इन्टरनेटको विकास एव विस्तारसँगै व्यवसायीहरुले सामाजिक सञ्जाल यूट्युवको प्रयोग गरी नयाँ व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
यूटयुव हेरेरै सल्यान शारदा नगरपालिका ४ शाहुटोलकी लक्ष्मी बस्नेतले सेनेटरी प्याड उद्योग सञ्चालन गरेकी छन् । महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक सुरक्षा सेनेटरी प्याड उद्योग सञ्चालन गरेको बस्नतले बताइन ।
उद्योग सञ्चालनको आइडिया थाहा नभए पनि यूट्युव हेरेर उद्योग सञ्चालन गरेको उनले बताइन । उनले भनिन प्याड उद्योग खोल्ने कुनै सोच थिएन यूट्युव हेर्दै गए त्यही यूट्युवको सहायताले अहिले उद्योग खुलेको छ ।
यूट्युवमा भने जस्तो कम लगानीमा उद्योग सञ्चालन सकिने भने पनि हालसम्म १३ लाख लगानी लागि सकेको उनको भनाई छ ।
शारदा नगरपालिकाले दुई लाख अनुदान दिएपछि उद्योग सञ्चालनमा थप प्रेरणा मिलेको उनले बताइन । सुरु सुरुका दिनमा आम्दानी नभएर निराश थिए तर आजभोली राम्रो आम्दानी भइरहेको छ उनले भनिन् ।
महिनावारी भएको समयमा फोहोर र पुरानो कपडा प्रयोग गर्ने परम्परा छ जसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । सेनेटरी प्याडको प्रयोगले महिला माथि हुने समस्यालाई निराकरण गर्न यस उद्योगले सहयोग गर्ने बस्नेतले बताइन् । उनले भनिन् अझै पनि गाउँघरमा पुरानो कपडा प्रयोग गर्ने चलन छ जसका कारण महिलाले किभिन्न रोगको सामना गर्न बाध्य छन् ।
सुरक्षा सेनेटरी प्याडमा उत्पादन भएका प्याड जिल्ला बाहिर समेत खपत भईरहेको उनको भनाई छ ।
बस्नेतले उद्योग सञ्चालन गरेर थप तीन जनालाई रोजगारी समेत दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्