तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक महोत्सवमा तीन करोडको कारोवार

सल्यान । प्रादेशिक कृषि, पर्यटन उद्योग, व्यापार तथा सास्कृतिक महोत्सवमा तीन करोड ५० लाखको कारोबार भएको छ ।

माघ २९ गतेदेखि फागुन १३ गतेसम्म सञ्चालन भएको महोत्सवमा तीन करोड बढीको कारोबारो भएको सल्यान उद्योग बाणिज्य संघले जनाएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक सल्यान उद्योग वाणिज्य संघले महोत्सवबाट छ लाख बचत भएको समेत जनाएको छ ।

महोत्सवमा ८५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र तीन करोड ५० लाख आम्दानी भएको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर चलाउनेले बताउनुभयो । उहाँले महोत्सवमा ५६ लाख ६२ हजार दुई सय ४० आय भएकोमा ५४ लाख २३ हजार खर्च भएकोे बताउनुभयो । कृषि पेशालाई व्यवसायिक तर्फ उन्मुख गराउन र व्यापारमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button