महिलाले परिर्वतनका लागि अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य स्वर्ण अक्षरले लेखिएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतनको आन्दोलनमा नेपाली महिलाहरुले अगूमोर्चामा रहेर गरेको नेतृत्वको तथ्य राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताउनुभएको छ ।
आज ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले पछिल्लो अवस्थामा महिला अधिकारको सवालमा धेरै उपलब्धीहरु प्राप्त भएको बताउँदै संविधानको पूर्ण कार्यन्वयन गरी लागू गर्नुपर्ने बताउनुभएको हो ।
हर्नुेहोस् दाहालको शुभकामना सन्देशको पूर्ण पाठ
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आज विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । महिलाहरुको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं ।
वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी व्यक्त गर्दै संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।








प्रतिक्रिया राख्नुहोस्