तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी भट्ट मृत फेला

फाइल तस्बिर

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला पर्नुभएको छ ।

मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक भट्टले शुक्रबार मदिरा सेवन गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ बर्षीय मीनबहादुर पाल पनि आज बिहान मृत फेला परेका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीमा सडक छेउमा पाल मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
पालको मदिरा सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button