तपाईँ सुन्दै हुनुहुन्छः

‘बढी ग्याँस राख्नुपर्ने अवस्था छैन’

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले मार्च महिनामा ४५ हजार टन ग्याँस भारतबाट ल्याउने व्यापारिक सम्झौता भइसकेको बताउनुभएको छ ।

आपूर्ती मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले फेब्रुअरी महिनामा ४१ हजार टन ग्याँस आयात भएको र जाडो सकिएसँगै आएको यो ग्याँस नेपालका लागि प्रर्याप्त हो भन्नुभयो ।

भारतीय आयल निगमले नेपाललाई ग्याँस दिने बरौनी, हल्दिया, मथुरा र पारादीपबाट सहज रुपमा ग्याँस आइरहेको र अहिले दैनिक ४० हजार सिलिण्डर ग्याँस बजारमा गइरहेकाले उपभोक्ता आत्तिएर बढी ग्याँस राख्नुपर्ने अवस्था नरहेको पनि पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button