‘कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने आपूर्तीजन्य समस्या समाधानका लागि सरकार सर्तक’

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण नेपालमा उत्पन्न हुन सक्ने आपूर्तीजन्य समस्या समाधानका लागि सरकार सर्तक अवस्थामा रहेको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले कोरोना भाईरसको कारण नेपालमा अत्यावश्यक वस्तुको आपूर्तीमा हुन सक्ने समस्यालाई समाधान गर्ने गरी आवश्यक तयारी सरकारले गरेको बताउनुभयो ।
मन्त्री भट्टले हाल दैनिक रुपमा बजारको अनुगमनलाई तिव्रता दिएको, वस्तुको मूल्यमा कुनै पनि प्रकारको वृद्धि नभएको, त्यसता वस्तुको कालोबजारी गर्नेलाई कार्वाही गरेको पनि बताउनुभयो ।
साथै उहाँले सरकारका आपूर्तीसँग सम्बन्धीत निकायहरु, निजीक्षेत्रका विभिन्न व्यवसायिक संगठनहरु र औषधी उत्पादकहरु र उपभोक्ता सम्बन्धी संगठनहरुसंग सरकारले विद्यमान अवस्था छलफल गरी सबैको सहयोग लिएर सरकार अघि बढेको बताउनुभयो ।
सरकारले भारत र चीनसंग जोडिएका विभिन्न नाकाहरुमा विशेष सर्तकता अपनाएको र अन्यमा समेत आवश्यकता अनुसारको तैनाथी गर्ने तयारी भएको पनि बताउनुभयो ।
उहाँले बजारमा हल्ला गरेको जस्तो कुनै पनि समस्या हाल नरहेको पनि स्पष्ट पार्नभयो ।
मन्त्रालयले आपूर्तीको अवस्थाका बारेमा बिहिवार र शुक्रवार विभिन्न सरकोकारभएका निकायहरुसंग विद्यमान अवस्था,समस्या र आगामी दिनमा चाल्नु पर्ने कदमका विषयमा समेत छलफल गरेको छ ।
पत्रकार सम्मेलनमा उद्योग र बाणिज्य तथा आपूर्ती सचिवहरुले बजारमा हल्ला भए जस्तो अत्यावश्यक वस्तुहरुको समस्या नरहेको भन्दै सञ्चार माध्यमहरुले निकै संयमित भएर सूचना सम्प्रेषण गरी जनतालाई सुशूचित गर्न आग्रह गर्नु भएको थियो ।
छलफलमा माक्स सेनिटाइजरको बजारमा आपूर्ती बढाई सरल र सहज गर्न माक्स र सेनिटाइजरमा भन्सार महशुल छूट दिने व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने, सरकारी निकायहरुले प्रभावकारी बजारको अनुुगमन गर्ने, मूल्य वृद्धि हुन नदिने व्यवस्था मिलाउने लगायतका निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्