बर्दियामा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन बिशेष सतर्कता

बर्दिया । बर्दिया जिल्लामा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन बिशेष सतर्कता अपनाईएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
केही महिनादेखि फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन बर्दियामा मेला महोत्सव, भेला, खेलकूदका कार्यक्रम गर्न र भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न साथै आउन थालेको बिशेष पर्व होलीमा बिशेष सर्तकता अपनाउन बर्दिया प्रशासनले अनुरोध गरेको छ ।
कोरोनाको संक्रमण फैलन नदिनका लागि सम्भब हुने सबै उपाय अबलम्वन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
कोरोना भाईरस सम्बन्धी जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहत ईकाईहरुले अडियो जिङ्गलमा मार्फत कोरोना भाईरसका लक्षणहरु र कोरोना भाईरस सम्बन्धि बच्ने उपाय सम्बन्धित प्रचारप्रसार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्