तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ३१ हजार बढी बालबालिकालाई दादुरा–रुबेला खोप

अछाम । अछाममा दादुरा–रुबेला खोप अभियान अन्र्तगत दोस्रो चरणको अभियान चैत्र १ गतेबाट सुरु हुने भएको छ ।

नौ महिना देखि पाँच बर्ष मुनिका ३१ हजार तीन सय बढी बालबालिकालाई दादुरा–रुबेला बिरुद्ध दिईने खोप अभियान अछामका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन हुने बताईएको छ ।

पहिलो चरण अन्र्तगत अछामका पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ गाउपालिका, तुुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका, रामारोशन गाउँपालिका र चौरपाटि गाउँपालिकाका ४५ वडामा चैत्र १ देखि ९ गतेसम्म दादुरा–रुबेला बिरुद्ध दिईने खोप दिईने भएको छ ।

दोस्रो चरण अन्र्तगत मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका र मेल्लेख गाउँपालिकाका ४६ वटा वडामा चैत्र १४ गते देखि २२ गतेसम्म खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुुख झनकराज ढुुगानाले बताउनुभयो ।

१० वटै स्थानीय तहमा ३१ हजार तीन सय २६ बालबालिकालाई खोप लगाउने अभियान छ ।

जिल्लामा रहेका प्रत्येक स्वास्थ्य संस्थाका प्रमुुखलाई पनि अन्तरक्र्रिया मार्फत खोप अभियान बारे जानकारी गराईसकेकाले फागुन २५ गते सबैले आ–आफ्नो स्वास्थ्य संस्थामा अन्तरक्र्रिया कार्यक्रम समेत गरेर नौ महिनादेखि पाँच बर्ष मुनिका बालबालिकाका अभिभावकलाई नजिकैको खोप केन्द्रमा ल्याएर खोप लगाउन आग्रह सहितको निमन्त्रणा पठाउनले प्रमुख ढुुगाँनाले जानकारी दिनुभयो ।

जिल्लाका प्रत्येक वडाका सात सय ५० खोप केन्द्र मार्फत दिईने खोप सेवाका लागि एक् हजार पाँच सय स्वयमसेवक सहित एक सय ९० जना खोप कार्यकर्ता खट्निे स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरिक्षक झपटराज ढुुगानाले बताउनुभयो ।

सरकारले सन २०१९ मा नै दादुरा–रुबेला खोप लगाई रोग पुर्ण रुपमा निवारण गरिसक्ने लक्ष्य राखेता पनि पुरा हुन नसकेपनि २०२३ भित्र पुरा गर्ने लक्ष्यमा सबैको साथको आवश्यकता रहेको ढुगाँनाको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button