तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, हिँडडुल गराउन थालियो

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको छ ।

मिर्गाैला प्रत्यारोपण गरेको तेस्रो दिन आज उहाँलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताउनुभयो । उहाँका सबै ‘भाइटल’ तथा ‘ल्याव’ सूचकहरु सामान्य अवस्थामा रहेको कार्यकारी निर्देशक प्रा.डा. खड्गाले जानकारी दिनुभयो ।

उहाँले मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको  बताउनुभयो ।

Image may contain: text

प्रतिक्रिया राख्नुहोस्

Back to top button