चार विधेयक छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले बिभिन्न चार वटा बिषयका विधेयकहरु दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले प्रस्तुत गर्नु भएको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ दफावार छलफलका लागि सम्बन्धित समितिमा पाठइएको हो ।
अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले प्रस्ताव गर्नु भएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधेयक २०७६ र नेपाल राष्ट्र बैङ्क (तस्रो संशोधन) विधेयक २०७६ लाई छलफलका लागि सर्वसम्मतीले सम्बन्धित समितिमा पठाएको छ ।
बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नु भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतीले स्विकृत गरेको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले डा. युवराज खतिवाडालाई मन्त्री पदमा नियुक्त गरी अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको विषयमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्