तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको अकलाबाट लागूऔषधसहित एक जना पक्राउ

तनहुँ । इलाका प्रहरी कार्यालय बेलचौताराले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।म्याग्दे गाउँपालिका–६, अकलाबाट ३२ बर्षिय ज्योती श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नोफिन, फेनरागन र डाइजापम गरि ३० थान लागुऔषध बरामद भएको प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।पक्राउ परेका श्रेष्ठलाई आइतवार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button