तपाईँ सुन्दै हुनुहुन्छः

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बढ्दो भ्रष्टाचार नियन्त्रण, कोरोना भाइरसको त्रास र कालोबजारी लगायतका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसदहरुल कोरोनाले जत्तिकै भ्रष्टाचारले पनि देशमा सताइरहेको भन्दै भ्रष्टाचारीको संरक्षण नगरी सेक्युरिटी प्रेस भ्रष्टाचारमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारवार्हीको माग गर्नुभयो ।

सांसदहरुले विभिन्न काम लिएर सरकारका मन्त्रिहरुलाई भेट्न जाँदा समानुपातिक र प्रत्यक्ष निर्वाचित संसदबीच विभेद हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले नेपाल आयल निगमले पेट्रोलीयम पदार्थ अन्तार्राष्ट्रिय जगतमा वढ्दा बढ्ने र घट्ने स्वचालित प्रक्रियामा गइसकेको अवस्थामा त्यो भन्दा फरक रुपमा प्रतिलिटर ५/५ रुपैयाँ बढी लिने गरेको भन्दै त्यसको विरोध गर्नुभयो ।

देशमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेको, सुरक्षाका लागि सरकारले गरिरहेको काम बारे सदनमा जानकारी गराउनु पर्ने, कोरोना भाइरस लगायतका संक्रमणबाट बच्न नमस्कार गर्नु पर्ने लगायतका विषय संसदहरुले बैठकमा उठाउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button