हावाहुरी र चट्याङसहितको वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन मुलुकका केही स्थानमा मेघ गर्जन-चट्याङ-हावाहुरी-असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावका कारण मेघ गर्जन,चट्याङ,हावाहुरी,असिना सहित वर्षाको सम्भावना रहेको जनाएको हो ।
विभागले हाल देशको मध्य तथा पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउ समेत अनुरोध गरेको छ ।
शुक्रबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन(चट्याङ)हावाहुरी-असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन(चट्याङ)हावाहुरी-असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
शनिबार
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन(चट्याङ्)हावाहुरी-असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जनर चट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।
आइतबार
दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेनेछ। पूर्वी पहाडी भू-भागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातिः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।








प्रतिक्रिया राख्नुहोस्