तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ सरकार नेपाल कोराना भाइरसको संक्रमणबाट मुक्त रहेको हेर्न चाहन्छ : राजदूत यान्छी

काठमाडौं ।  चिनियाँ सरकारले नेपाल कोराना भाइरसको संक्रमणबाट मुक्त रहेको हेर्न चाहेको बताएको छ ।

रेडियो नेपाललाई दिएको विशेष अन्तरवार्तामा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या शून्य रहने आशा आफुले गरेको बताउनु भएको हो ।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथाममा जनताले सर्वप्रथम सरकार माथी विश्वास गर्नु पर्ने बताउनु हुदै राजदूत यान्छीले नेपाल सरकारले संक्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदमहरु लिरहेको बताउनु भयो ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तो सुकै मद्दत गर्न चिनियाँ सरकार तयार रहेको बताउनु भयो ।

आर्थिक वृद्धिभन्दा जनताको स्वास्थलाई चिनियाँ सरकारले सधै प्राथमिकता दिएको भन्नु हुदै राजदूत यान्छीेले नेपाल सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली ’ अभियानलाई यथावत राखेर भए पनि जनस्वास्थलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।

राजदूत यान्छीेले चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने ५० हजार जनताको सफल उपचार पछी घर फर्की सकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button