औद्योगिक ग्रामलाई रुपान्तरणकारी आयोजनाको रुपमा अघि बढाइएको छ : मन्त्री भट्ट

फाइल तस्बिर
काठमाडौँ । उद्योग मन्त्री लेखराज भट्टले ग्रामिण क्षेत्रमा छरिएर रहेका स–साना उद्योगहरुलाई प्लेट र्फम दिएर सञ्चालन गरेको खण्डमा औद्योगिक ग्रामहरु नेपालको अर्थतन्त्रको महत्वपूर्ण अंग हुन सक्ने बताउनु भएको छ ।
बिभिन्न चार जिल्लाका पाँच स्थानहरुमा औद्योगिक ग्राम निर्माणका लागि बिहिबार उद्योग मन्त्रालयमा भएको सम्झैता कार्यक्रमा मन्त्री भट्टले सरकारले देशका सबै स्थानीय तहमा औद्योगिक ग्रामहरु खोल्ने नीति अनरुप औद्योगिक ग्राम आयोजनालाई मुलुकको रुपान्तरणकारी आयोजनाको रुपमा अघि बढाएको बताउनुभयो ।
उहाँले सम्झौता गरेका पाँच र यस अघिका ३२ औद्योगिक ग्राम निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउन र समयमा पूर्वाधार निर्माणको काम सम्पन्न गर्न पनि सम्बन्धित स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
उद्योग मन्त्रालयले बिहिबार डोटीको जोरायोल, स्याड.जाका गल्याडं र चापाकोट, गोर्खाको सिरानचोक र ओखलढुडंगाको मुलामा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि समझदारी गरेको हो ।
समझदारी अनुसार प्रतेक औद्योगिक ग्रामले पूर्वाधार निर्माणमा खर्च गर्ने गरी ९२ लाख रुपैया प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्