राज्य ब्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली सेना भित्र अनियमितता भएको भन्ने उजुरीको आधारमा संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले बोलाएको बैठकमा रक्षा मन्त्री र प्रधान सेनापतिको उपस्थिति अनिवार्य रहने माग सांसदहरुले गरेपछि उजुरी बारेमा छलफल नै नगरी बैठक स्थगित गरिएको छ ।
सेना भित्र भएको भनिएको अनियमितता बारेमा राज्य ब्यवस्था समितिले आज बोलाएको बैठकमा रक्षा सचिव र केही उच्च सैनिक अधिकारीहरु मात्र उपस्थित भएपछि सांसदहरुले रक्षा मन्त्री र प्रधान सेनापतिबाट नै जफाव आउनु पर्ने अडान राखेको कारण बैठक स्थगित गरिएको सभापति शशि श्र्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्