भरुवा बन्दुकसहित एक जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका वडा नं.९ बस्ने ५७ बर्षिय दिपबहादुर खड्कालाइ भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खड्काले आफ्नो माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा भरुवा बन्दुक राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले आज उक्त स्थानमा गई खानतलासी गर्दा गोलीसहित दुई वटा भरुवा बन्दुक फेला पारेको प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खडकाले बताउनुभयो ।
बन्दुक र गोलीसहित दिपबहादुर खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकले खडकाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्