तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति समक्ष बिभिन्न देशका राजदुतद्वारा ओहोदाको प्रमाण पत्र पेश

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष नेपालका लागि भारतका नवनियुक्त राजदुत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शितलनिवासमा आज उहाँले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

यसैगरी आजै मेक्सिको र गणतन्त्र शिसेल्सका गैह्रआवासीय राजदुतहरु फेडोरिक सलास लोटसी र थोमश सेल्भी पीलेले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापा तथा बिभिन्न उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button