तपाईँ सुन्दै हुनुहुन्छः

सस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा मिस वल्ड टोनी–एन सिंह नेपालमा

काठमाडौं । ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह नेपाल आइपुगेकी छन् । तीन दिने भ्रमणको सिलसिलामा उनी विहिबार (आज)नेपाल आएकी हुन् । सस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी रहेका छन् ।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको थियो । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अुष्का श्रेष्ठ लगायत पुगेका थिए ।

नेपाल भ्रमणको यो टोलीले मिस वल्र्डमा ‘विउटी उथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्नुका साथै मिस वल्ड नेपालमा आयोजना सम्भाब्यको बिषयमा अध्यायन समेत गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button