कोरोनाभाइरबाट इटालीमा १०७ जनाको मृत्यु

एजेन्सी। देशमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ ।
कोरोनाबाट १०७ जनाले ज्यान गुमाएपछि इटालीले बिहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो ।
उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिलाई अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा गर्ने घोषणा पनि गरेको छ ।
इटालीको सरकारको निर्णय अनुसार हुनैपर्ने खेल गतिविधिहरू बन्द रंगशालामा खेलाइनेछ । यसमा घरेलु फुटबल लिग र अन्तराष्ट्रिय फुटबल खेलहरू रहेका छन् ।
युरोपमा कोरोनाभाइरसको सं’क्रमणबाट सबैभन्दा बढी प्रभित इटालीमा हालसम्म यस सम्बन्धी ३ हजार मामिलाहरू दर्ता भएका छन् ।
यसको सं’क्रमणबाट इटालीको उत्तरी भूभाग धेरै प्रभावित बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्