मकवानपुरमा जन्ति बोकेको बस दुर्घटना, ४ जनाको मृत्यु,दर्जनौं घाइते

मकवानपुर । मकवानपुरमा जन्ति बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दर्जनौ घाईते भएका छन् ।
कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरी नजिक जन्ति बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको तथा अन्य दुई दर्जन भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस भित्र च्यापिएको अवस्थामा २ जनालाई जेसिविको सहयोगमा बाहिर निकालिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ । बाँकी २ जनाको अहिलेसम्म सनाखत भएको छैन ।
मकवानपुरगढि–२ बाट गढी–७ को सुकौरा सातकन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ति बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो । दुर्घटनामा घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्