तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लबले जित्यो उपाधि

नेपालगञ्ज । नेपाल पुलिस क्लबले छैठौं प्रधानमन्त्री कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ ।

नेपालगञ्ज कबर्डहलमा बुधबार भएको फाइनल खेलमा डिफेण्डिङ्ग च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गर्दै २ लाख नगदसहित मेडल र प्रमाणपत्र हात पा¥यो ।

यो जीतसंगै नेपाल पुलिसले पिएम कपमा दुई संस्करणको उपाधि हात पारेको छ भने उपाधिमा ह्याट्रिक गर्ने एपिएफको सपना पूरा हुन सकेन ।

फाइनलमा पुलिसले २५–१६, २५–१७ र २५–१७ को सोझो सेटमा एपिएफलाई स्तब्ध पारेको हो । उपबिजेता बनेको एपिएफले १ लाखमा चित्त बुझायो ।

यस्तै बुधबार नै भएको अर्को खेलमा न्यु डायमण्डलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मीले तेस्रो स्थान हात पारेको छ । आर्मीले २५–२१, २५–२० र २५–२० को सेटमा न्यु डायमण्डलाई पराजित गर्दै तेस्रो हुँदा ५० हजार प्राप्त गरेको छ ।

बिजयी टिम र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पुरस्कार र प्रमाणपत्र बितरण गर्नुभयो । बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा ५ घरेलु टिम सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button