तपाईँ सुन्दै हुनुहुन्छः

आगोमा जलेर सल्यानमा एक बालकको मृत्यु

सल्यान । आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ । जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षिय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो ।

मंगलबार बेलुका साढे ८ः०० बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकी घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।

घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबैभन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आगो कस्ले किन लगाएको भन्ने एकिन नभएता पनि जलेर मृत भेटिएका बालकको छेउमा सलाई भटिएकोले बालक आफैले आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतक बालकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भईरहेका प्रहरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button