तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणका लागि अझै खुलेन फेवा किनारको रत्न मन्दिर

चिप्लेढुङ्गा-पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्न मन्दिर भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सर्वसाधारणलाई खुला गर्न भनिए पनि अहिलेसम्म खुलेको छैन । राजा वीरेन्द्र र उहाँका परिवारको सम्पत्ति नेपाल ट्रष्टमा आएसँगै विशेष संरक्षणमा रहेको यस ठाउँ अझै पनि सर्वसाधरणले हेर्न वातावरण बन्न सकेन । नेपाल ट्रष्टमा आएसँगै सर्वसाधारणको हितका लागि यो सम्पत्तिको उपयोग गर्ने भनी उल्लेख गरिए पनि सम्पत्तिको उपयोग भने हुनसकेको छैन ।

नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर भ्रमण वर्षको शुरुआतसँगै यसलाई खुला गर्ने भनिए पनि यसका आन्तरिक पक्षहरुको व्यवस्थापनका कारण ढिला हुन पुगेको बताउनुभयो । उहाँले यस विषयमा ट्रष्ट सकारात्मक रहेको र केही प्रक्रियागत कारणले ढिला भएको प्रतिक्रिया दिनुभयो । नेपाल ट्रष्ट ऐन, २०६४ को संशोधित व्यवस्थामा ‘ट्रष्टको सम्पत्ति राष्ट्रिय हितअनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न सकिने’ प्रावधान उल्लेख गरिएको छ ।

प्र्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले रत्न मन्दिरको अवलोकनपश्चात पर्यटकीय दृष्टिकोणले उपयुक्त र ऐतिहासिक रहेको यस क्षेत्रलाई छिटो खोल्नुपर्ने बताउनुभयो । उहाँले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले रत्न मन्दिर, हिमागृहले पर्यटन विकास र विस्तारमा थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । भट्टराईले रत्न मन्दिर र हिमागृह पोखराको र प्रदेशको मात्र नभई राष्ट्रकै पर्यटन विकासका रूपमा रहेको र आफूहरुले त्यही रूपबाट महत्वका साथ हेरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button